• ट्रेण्डिङ्ग :
अन्तर्वार्ता
वडाध्यक्षसंग पाँच प्रश्न (कुमाख गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष  डम्बरबहादुर शाही)

वडाध्यक्षसंग पाँच प्रश्न (कुमाख गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष  डम्बरबहादुर शाही)


  • 25.1K
    SHARES
    • फाल्गुण २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 38.6K Views

    वडाध्यक्षसंग पाँच प्रश्न (कुमाख गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष  डम्बरबहादुर शाही)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले कुमाख गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष डम्बरबहादुर शाहीसंग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष शाहीसंग तेस्रो आँखाकी संवाददाता रुपा थापाले गरेको कुराकानीको सम्पादित अंंश ।  

    images

    जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाकी छ ?

    हामीले चुनावको समयमा जनतासँग गरेका बाचाहरु मध्ये ५० प्रतिशत काम सम्पन्न गरेका छौं र काम गर्न बाकी ५० प्रतिशत छ । हामीले चुनावका समयमा जनताहरुसंग महत्कांक्षी योजनाका काम नभएर पहिलो सरकारको छुटेका काम र बाँकी नयाँ योजना बनाएर काम गर्छौं भनी जनताहरुसंग प्रतिबद्धता गरेका थियौं । हामी निर्वाचन भएर आइसकेपछि वडाका विकास निर्माणका कामहरू मध्ये खानेपानी, शिक्षा र स्वास्थ्य लगायत जनतालाई आवश्यक पर्ने क्षेत्रमा  काम गरेका छौं । हामीले पुर्वाधार क्षेत्रमा प्रत्येक टोलहरुमा बाटोघाटाहरुको पनि पहुँच पुर्याएका छौं । पहिलेको सरकारले सुरु गरेका सडक र अहिले हामीले सुरुवात गरेका सडकको कामहरू १ बर्षको अन्तरालमा सम्पन्न गर्ने योजना लिएका छौं ।

    खानेपानीको सन्दर्भमा हाम्रो कार्यकालमा १ सय ७५ घरधुरीलाई  "एक घर एक धारा" को अभियान चलाएर खानेपानीमा पहुँच पुर्याएका छौं । प्रत्येक टोलहरुमा खानेपानीको समस्यालाई अन्त्य गर्ने गरि काम गर्दैछौं । शिक्षाको क्षेत्रमा पनि हाम्रो वडाका सबै बस्तीहरुलाई शिक्षामा पहुँच पुगेको छ । हाम्रै वडामा १० र १२  कक्षाको परिक्षा सेन्टर पर्ने विद्यालय छ । उक्त विद्यालयबाट हाम्रो वडाका सबै जनताहरुलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याएको छ । स्वास्थ्य क्षेत्रमा पनि हामीले सबै जनतालाई सहज पुर्याएर काम गरिरहेका छौं । सबै टोलका जनताहरुलाई स्वास्थ, शिक्षा, विद्युत र खानेपानीमा पहुँच पुर्‍याउने अभियान सहित काम गर्ने गरेका छौं ।

    वडाको समग्र गतिविधि सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराईदैन भन्ने गुनासो सुनिन्छ । तपाईंको वडामा त्यस्तो छ कि छैना ?

    हाम्रो वडामा यस्तो समस्या छैनन् । हामीले कुनै पनि काम गर्दा हाम्रो वडा सदस्य ज्युहरुलाई बैठकमा बोलाएर उहाँहरुको निर्णय अनुसार काम गरेका छौं । हामीले प्रत्येक महिनाको एक पटक सदस्यहरुको बैठक बसेर वडामा आएका विकास निर्माण सम्बन्धि बजेटको छलफल गर्छौं । हाम्रो वडामा ४ जना वडा सदस्यहरु हुनुहुन्छ र हाम्रो वडामा १० वटा टोलहरु छन कुनै सदस्यलाई २/२ वटा र कुनै सदस्यहरुलाई /१ वटा टोलहरु परेका छन । साथै ति टोलहरुको समावेशीकरणको रुपमा हामीले सहजिकरण गर्नेको निम्ति प्रत्येक वडा सदस्यहरुको बैठक बसेर सामुहिक रुपमा निर्णय, सल्लाह र सुझाव अनुसार काम गर्ने गरेका छौं । हाम्रो कुमाख-७ मा कुनै पनि योजना समिति निर्माण, बजेट विनियोजित र कुनै कार्यक्रमका बिषयमा काम गर्नु भन्दा पहिला वडा सदस्यहरुको बैठक बसि उहाँहरुको निर्णय अनुसार काम गर्ने गरेका छौं । हाम्रो वडामा वडा सदस्यहरुको बैठक प्रत्येक महिनामा १ पटक बस्ने गरेका छौं । साथै आपत्कालिन बैठक २ देखि ३ पटक सम्म बस्ने गरेका छौं ।

    वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के के छन ? 

    वडाको समग्र समृद्धिका लागि वडाको हैसियतले कुरा गर्दा कुमाख-७ का जनताहरु, वडाकमिटि  र मैले सोचेको मुख्य लक्ष्य भनेको वडालाई आर्थिक समृद्धि गराउनु हो । प्राय जनताले कृषि पेसा गर्नुहुन्छ कृषिमा जतिसुकै लगानी गर्दा पनि सचेतना नभएको कारणले गर्दा फस्टाउन सकेको छैनन् । किनभने कृषिमा लगानी गरेर यहाँको भौगोलिक , वातावरणका कारणले र  सिचाइको अभावका कारणले लक्ष्य अनुसार प्रतिफल प्राप्त गर्न सकिएको छैनन् । उक्त समस्या समाधान गर्नका लागि कृषि सम्बन्धि तालिमको दिने योजनामा छौं । शिक्षालाई कसरी अगाडि बढाउने भन्ने कुरा हामी वडा परिवार र विद्यालय परिवार मिलेर योजना निर्माण गर्देछौं । 

    स्वास्थ्य क्षेत्रमा कसरी अगाडि बढाउने र स्वास्थ्यलाई  जनताको सेवाको रुपमा कसरी लिने भन्ने बिषयमा हामीले स्वास्थ्यकर्मी र बुद्धिजीवीसंग छलफल गरेर भावि योजनामा यस्तो गर्नुपर्छ है भन्ने सोचले केही सल्लाह लिएकाछौं र लिनेछौं । यश बिषयलाई लिएर हामीले कुमाख ७ को लागि सचेत नागरिक र सचेत युवाहरुको सहजिकरण गर्नाको निम्ति केहि बजेट छुट्याइएका छौं र उहाँहरुको सल्लाह सुझाव अनुसार हामी अगाडि बढ्नुपर्छ भन्ने हाम्रो योजना छ । ठुलो योजना गर्न नसके पनि जनताका आधारभूत समस्यालाई हल गर्न सकिन्छ कि भनेर जस्तैस् कृषि फर्महरु खोलेर प्रगतिका बाटाहरु लिनको निम्ति जुनसुकै अवस्थामा पनि बाझो रहेका जग्गाहरुलाई किसानले खेती गर्नका निम्ति केही फर्महरु खोलेका छौं । तर हामी उक्त काममा सफल भएका छैना । सिचाइ र भौगोलिक अवस्थाका कारणले गर्दा असफल भएपनि उक्त कार्यहरुमा पहल गरिरहेका छौं ।

    जनताको जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासिहरुको जनगुनासो कतिको सुनिन्छन । 

    जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले जनगुनासो सुनिन्छन । सबै जनप्रतिनिधिहरुले कुनै पनि काम गर्दा पक्ष र विपक्ष भइनैहाल्छ । अहिले हाम्रै वडाको सन्दर्भमा पालिकाबाट सबै कार्यक्रम मार्फत ३ लाख रुपैया बजेट विनियोजित गरेका थियौं  । उक्त बजेट हाम्र‌ै वडामा १० वटा टोलहरुमा १२ देखि १५ वटा सम्म बाटाघाटाहरु छन । ३ लाख बजेटले गर्दा हामीले सबै बाटाहरु स्तोरउन्ति गर्न सकेनौं  नसकेको कारण ५ वटा बाटाहरु बाकी छन् केही हद्सम्म बाँकी रहेका बाटाहरुलाई पालिकामा सम्बोधन गरेर स्तरोन्नति गर्नेछौं  । जनताहरुबाट जनगुनासो आइरहेका छन , उहाँको बाटो स्तोरोउन्ति भयो हाम्रो वटा भएना भन्ने खाल्का गुनासो आउछन । हामीले भनेका छौ बजेट जम्मा ३ लाख रुपैया आछ समिति गठन पनि छ । उक्त काममा बजेट नपुग्नेमा समितिले तिर्ने कुरा भएना हामीले पालिकामा सम्बोधन गरेर त्यो काम पूरा गर्ने छौं । तर तेति चाहिँ गुनासो आउदैन  किनभने जनताले बुझनु भएको छ , उहाँको क्षमताले भ्यासम्म काम गर्नुहुन्छ भन्ने जनताले महसुस गर्नुभएको छ । हामीले जनगुनासोलाई सम्बोधन गरेरै काम गर्ने गरेका छौं ।

     सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु प्राप्ति गरि सक्नुपर्ने समय सिमा छ । त्यसको निम्ति तपाईंहरुको तयारी कस्तो छ ?

    २०३० सम्म दिगो विकास कार्यक्रमले दिएको लक्ष्य अनुसार हामीले वडाबाट गर्न सक्ने प्रयास गरेका छौं । सरकारमा निर्वाचित भइ सकेपछि लक्ष्य पूरा गर्ने गरि काम गर्ने स्वाभाविक कुरा हो, तर हाम्रो कार्यकाल ढाई बर्ष छ उक्त ढाइ बर्षको अन्तरालमा पनि दिगो विकासका कार्यक्रम गर्नको लागि पनि स्थानीय सरकार एकरुपताका साथ अगाडि बढनु पर्थियो तर यो हाम्रो कुमाखमा भएको छैनन् । सरकारमा नै एकरुपता नभइसकेपछि विकासका कार्यक्रमहरु गर्न कठिनाइ हुदोरहेछ । हाम्रो कार्यकाल ढाई बर्ष छ उक्त ढाई बर्षको अन्तरालयमा भने जति विकास गर्ने सक्दैनौं । हामीले दिगो विकासका लागि बढी काम गरेमा ३५ प्रतिशत जतिको हारहारिमा हाम्रो कार्यकाल भित्र काम गर्न सकिन्छ । 

    सल्यान जिल्लाको प्रसिद्ध सिद्ध कुमाख मन्दिर जहाँ पर्यटकिय घुम्घाम तथा दृश्य अवलोकनको लागि निकै सम्भावना बोकेको धार्मिक स्थल हो। उक्त स्थललाई पर्यटकियमुल्क बनाउन तपाईंको योजना कस्तो छ ? 

    कुमाख मन्दिरको नामले नै परिचित हाम्रो गाउँपालिकाको नाम कुमाख गाउँपालिका राखेका हौं र नामकरण पनि भएको हो । यो बिषयमा भनुपर्दा अहिलेको हाम्रो कार्यकाल सम्म आउदा कुमाख मन्दिरलाई त्यति विकासको रुपमा पालिकाले नै राखेको छैन । वडाध्यक्ष र वडाले चाहेर मात्र नहुदो रहेछ । हामिले ढाई बर्षको कार्यकालमा कुमाख मन्दिरसंग सम्बन्धित कुनै प्रश्नना नै उठाएका छैनौं र बजेट विनियोजित भएको छैन । पहिलेको सरकारले कुमाख मन्दिर जानको लागि १८ सय मिटर पकि बाटो बनाइसकेको छ । त्योभन्दा पछिल्लो समययता विकासको काम भएको छैन । प्रदेश सरकारको कृषि तथा भुमि सुधार मन्त्री माननीय भिम प्रकाश शार्मा ज्युले १५ लाख बजेट विनियोजित गरेर मन्दिर परिसरको फिल्डको शिलान्यास गर्नुभएको छ । कुमाख मन्दिरमा कुमाख गाउँपालिकाले जति काम गर्नुपर्ने थियोे त्यति हामीले गरेका छैनौं । प्रत्येक्ष रुपमा बजेट नहालेर काम गर्न सकिदैन र ७ नम्बर वडाले मात्र चाहेर पनि कुमाख मन्दिरलाई पर्यटकियमुल्क बनाउन सकिदैन किनाकि विकास निर्माण गर्नका निम्ति कुमाख गाउँपालिका मात्र नभएर संघिय सरकार र प्रदेश सरकारको पनि उतिके भुमिका रहनुपर्ने छ । कुमाख मन्दिरलाई पर्यटनमुल्क बनाउनका लागि  हाम्रो ७ नम्बर वडाका सबै जनताले चासो देखाएता पनि उक्त बिषयमा संघ र प्रदेश सरकारले चासो नदिएको कारणले गर्दा विकास गर्न सकिएको छैन  । तीन वटै सरकारले कुमाख मन्दिरका बिषयमा चासो देखाएमा कुमाख मन्दिरलाई पर्यटनको रुपमा विकास गर्न सकिन्छ साथै समृद्ध कुमाख पनि बनाउन सकिनेछ ।