• ट्रेण्डिङ्ग :
बबईमा जडीबुटी दिवस मनाइयो

बबईमा जडीबुटी दिवस मनाइयो


  • 2.7K
    SHARES
    • श्रावण १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    बबईमा जडीबुटी दिवस मनाइयो

    बबई, साउन १९ । पतन्जलि योग समिति बबई दाङको आयोजनामा आचार्य श्री महाराजको जन्मोत्सव तथा जडीबुटी दिवस मनाइएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी शिव मन्दिर हापुरेको प्राङ्गणमा आधुनिक युगका धन्वन्तरी आचार्य श्री महाराजको जन्मोत्सव तथा जडीबुटी दिवस मनाइएको हो ।कार्यक्रममा बोल्दै पतन्जली योग समिति लुम्बिनी प्रदेशका महामन्त्री घनश्याम अधिकारीले आचार्य महाराजको बारेमा वर्णन गर्दै जडीबुटीको महत्त्व र जडीबुटीबाट मानव जीवनमा हुने फाइदाको बारेमा चर्चा गरेका थिए ।

    images

    विभिन्न प्रजातीका बिरुवासहित कार्यक्रममा उपस्थित महामन्त्री अधिकारीले ती बिरुवाको फाइदा र प्रयोग विधिवारे जानकारी गराएका थिए । त्यस्तै योगलाई दाङ जिल्लाभरी बिस्तार गर्दै नेपालमै योगको क्षेत्रमा दाङलाई प्रथम स्थानमा स्थापित गराउन सफल भएकोमा खुसी ब्यक्त गरे । कार्यक्रमका बिशिस्ट अतिथि बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले योगको माध्यमबाट शारीरिक तथा मानसिक स्वस्थता प्रदान गर्ने भएकाले सबै नागरिक योगमा जोडिन आवश्यक रहेको बताए ।

    बबइ गाउँपालिका प्राकृतिक जडिबुटीको प्रचुर सम्भावना रहेको क्षेत्र रहेकाले पनि यहाँ उत्पादित जडिबुटीको अनुसन्धान तथा अध्ययन गरी जडीबुटीको फाइदा र महत्त्वबारे सबै नागरिकलाइ जानकारी गराउन आवश्यक रहेको औल्याए । यस्तै कार्यक्रमका बिशिस्ट अतिथि दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले शारीरिक तथा मानसिक स्वस्थताका लागि पनि योग अहिलेको अपरिहार्यता रहेको बताए । समाजलाई स्वस्थ र सभ्य बनाउन र स्वस्थ जनशक्ति उत्पादनका लागि पनि योगकोको आवश्यकता रहेको बताए । 

    त्यस्तैगरी अध्यक्ष गिरीले आफु निर्वाचित भए पश्चात पहिलो वर्ष ३ वटा वडामा योग हल निर्माण गरेको र यो वर्ष पनि थप २ वटा वडामा योग हल बिनियोजित गरिसकेको र ५ वर्षमा सबै वडामा योग हल निर्माण गरी स्वस्थ र सभ्य दंगीशरण निर्माण गर्ने योजनामा आफु रहेको बताए । कार्यक्रममा बबईका योग शिक्षक चुडामणि कडेल, पतन्जली योग समिति दंगीशरणका अध्यक्ष दिपक बिष्ट, योग समिति जिल्ला सदस्य लक्ष्मण केसी, बबई वडा न ४ का वडा अध्यक्ष टेक बहादुर केसीलगायतले आआफ्नो भनाइ राखेका थिए ।

    दिवसलाई सफल पार्न दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाबाट योग साधक साधिका र योग शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रम शिब शक्ति योग साधना बबईका अध्यक्ष लुमा केसीको अध्यक्षता, पतन्जली योग समिति लुम्बिनी प्रदेशका महामन्त्री घनश्याम अधिकारीको प्रमुख आतिथ्यता, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री र दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आतिथ्यतामा भएको थियो । शिब शक्ति योग साधना बबईका योग शिक्षक पुर्ण बहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण योग शिक्षक अमर भुषालले गरेका थिए ।


    तेस्रो आँखा