• ट्रेण्डिङ्ग :
दोलखामा पहिरोले पुरिएर तीनजना बेपत्ता, तीन घाइते

दोलखामा पहिरोले पुरिएर तीनजना बेपत्ता, तीन घाइते


  • 2.8K
    SHARES
    • श्रावण १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    दोलखामा पहिरोले पुरिएर तीनजना बेपत्ता, तीन घाइते

    काठमाडौं, १९ साउन । दोलखामा पहिरोले पुरिएर तीनजना बेपत्ता भएछन् । सोही पहिरोमा परी तीनजना घाइते भएका छन् । पहिरोमा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डीएसपी दीपक खड्काले जानकारी दिए ।

    images

    उनका अनुसार गौरीशंकर गाउँपालिका–७, टोपाटारमा पहिरोमा पुरिएर शिशुको मृत्यु, तीनजना बेपत्ता र तीन घाइते भएका हुन् । गौरीशंकर–८ बाट खसेको पहिरोले टोपाटारमा क्षति गरेको उनले बताए ।

    ‘गौरीशंकर गाउँपालिका–८ को पहिरोले ७ मा क्षति गरेको हो । पाँच घरमा क्षति गरेको छ,’ डीएसपी खड्काले भने, ‘पहिरोमा चारजना बेपत्ता भएकामा १५ महिने शिशुको शव फेला परेको छ । तीनजना घाइते छन् ।’ 

    घटना गए रातिको भएको र टेलिफोन सम्पर्कविच्छेद भएका कारण आफूहरूले बिहान मात्र सूचना पाएको उनले बताए । सूचना पाएपछि उद्धारकार्यमा खटिएको उनले जानकारी दिए । घाइते तीनजनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए ।


    तेस्रो आँखा