• ट्रेण्डिङ्ग :
जन्मदिनमा मानवसेवा आश्रममा खाद्यान्न सहयोग

जन्मदिनमा मानवसेवा आश्रममा खाद्यान्न सहयोग


  • 4.5K
    SHARES
    • श्रावण २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    जन्मदिनमा मानवसेवा आश्रममा खाद्यान्न सहयोग

    दाङ, २० साउन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ग्वारखोला निवासी सागर रोकाले आज परेको आफ्नो २७ औं जन्मदिनको अवसरमा तुलसीपुर–६ स्थित मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

    images

    WhatsApp Image 2023-08-05 at 7.57.06 PM.jpeg

    लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील रहेका रोकाले आफुले सकेको जति सहयोग गरेका हुन् । उनले आश्रममा गएर २ बोरा चामल, दाल, नुन, तेल लगायत ६ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । आश्रममा खाद्यान्न सहयोग गर्दै रोकाले पहिलेदेखि नै आश्रममा रहेका वृद्धवृद्धा, वालवालिका, दुखी, विपन्नलाई सहयोग गर्ने इच्छा रहेको तर अहिले त्यो इच्छा पुरा भएको बताए । 

    ‘म पनि आजकै दिन आजकै बार जन्मेको र त्यो संयोग अहिले जुरेकोले सहयोग गरेको हुँ ।’ उनले भने ‘आधुनिक समाजमा जन्मदिन तडक भडकका साथ होटेल, रेष्टुरेन्ट, पार्कहरुमा मनाउने संस्कारको विकास भइरहँदा आफूलाई त्यो फजुल खर्च हो भन्ने लागेकोले थोरै भए पनि सहयोग गर्न आइपुगेको बताए । यहाँ रहनु भएका सम्पूर्ण बुवाआमा, दाइदिदीहरुलाई आफूले सकेको सहयोग गर्न पाउँदा ज्यादै खुशी भएको बताए । 

    आश्रममा अहिले ७० जना असहायहरुले आश्रय लिइरहेका छन् । 

    sagar roka.jpeg

  • सम्बन्धित विषय:

  • # मानवसेवा आश्रम
  • # सहयोग
  • # जन्मदिन

  • तेस्रो आँखा