• ट्रेण्डिङ्ग :
प्रतिष्ठानमा युरोलोजि सेवा सुरु

प्रतिष्ठानमा युरोलोजि सेवा सुरु


  • 6.7K
    SHARES
    • श्रावण २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 10.3K Views

    प्रतिष्ठानमा युरोलोजि सेवा सुरु

    घोराही,२१ साउन/ राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । युरोलोजीष्ट सर्जन डा। प्रबोध रेग्मीले युरोलोजी सेवा दिने भएका छन् ।

    images

    प्रतिष्ठानका अस्पताल प्रशासक समेत रहेका डेपुटी रजिस्ट्रार झङ्कार लामीछानेले अस्पतालमा अबदेखि युरोलोजि सेवा पनि थपिने जानकारी दिए । अबदेखि युरोलोजि सेवा अन्तरगत पिसाब सम्बन्धि सबै, प्रोष्टेड र  किड्निमा परेको पत्थरि, पिसावको नलि, थैलिको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्नीएको, पिसाव पोल्ने, चुहीने लगायतका विभिन्न सेवाहरु विरामीहरुले प्राप्त गर्ने डा। रेग्मीले बताए ।

    अस्पतालका निमित्त निर्देशक तथा जेष्ठ नागरिक रोग विशेषज्ञ डा। रमेश कडेलले युरोलोजी सेवा थप भएको र अब बिरामीले स्थानियस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने बताए । डा। रेग्मी आज नै अस्पताल पुगेर हाजिर भएको प्रतिष्ठानले जनाएको छ ।

    लामोसमयदेखि युरोलोजी सेवा दिन थाल्नु भएका रेग्मी अनुभबि चिकित्सक हुन् । डा। रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा। बसन्त लामीछाने, अस्पताल निमित्त निर्देशक डा। कडेल, सहायक निर्देशक डा। एन्जिलिका कार्की,अस्पताल प्रशासक लामीछानेसहित चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए । त्यस्तै एमजिडिपिमा प्रोफेसर डा। नारायण सिंह गुरुङ, सर्जरिमा  एशोसियट प्रोफेसर डा। सुर्यमान गुरुङले पनि सेवा सुरु गरेका छन् ।


    तेस्रो आँखा