फेरीमा आगो लाग्दा बंगलादेशमा ३२ जनाको मृत्यु

फेरीमा आगो लाग्दा बंगलादेशमा ३२ जनाको मृत्यु


  • 5.3K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    फेरीमा आगो लाग्दा बंगलादेशमा ३२ जनाको मृत्यु

    ढाका, ९ पुस । बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ। राजधानी ढाकाबाट दुई सय ५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो। दुर्घटनाग्रस्त फेरीमा ५ सय जना यात्रु थिए। 

    images

    ‘तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको थियो। आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छौं। मृतकको संख्या अझै बढ्न सक्छ।’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आगो लागेपछि कोही नदीमा हाम फालेका थिए। 

    फेरीमा आगो लागेर घाइते १ सय जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन्। मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउँछन्।  (एजेन्सी)

  • सम्बन्धित विषय:

  • # फेरीमा आगाेलागी

  • तेस्रो आँखा