दाङ २३ साउन/ नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवाविभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। रुद्र मरासीनीलेहालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए ।
काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा। मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताए । उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए । डा।मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनिडेंगु सर्न सक्ने बताए । हालसम्म ७ जनाको मृत्यु भएको पनि डा। मरासिनीले जानकारी दिए ।
स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा।रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको बताए । डा।पोखरेलले डेंगु रोकथाम र नियन्त्रणकालागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा।बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए । उहाँले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए । लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताए । नेपालमा डेंगुको पहिलो पटक २०६१ सालमा देखिएको थियो ।
