• ट्रेण्डिङ्ग :
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


  • 3.1K
    SHARES
    • श्रावण २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    images

    यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    आज राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।


    तेस्रो आँखा