• ट्रेण्डिङ्ग :
छाउगोठमा सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु

छाउगोठमा सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु


  • 4.2K
    SHARES
    • श्रावण २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    छाउगोठमा  सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु

    बैतडी २४ साउन/ मासिकश्राव भएर छाउगोठ सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी अनिता चन्दको छाउगोठ सुतेका बेला सर्पले टोक्दा मृत्यु भएको हो ।

    images

    महिनावारीका बेला गोठमा सुतिरहेको समय सर्पले टोक्दा अनिताको मृत्यु भएको पालिकाको ४ नम्बर वडाध्यक्ष जनकबहादुर चन्दले बताए । उनले भने, ‘सर्पको टोकाइबाट १६ वर्षीया बहिनीको मृत्यु भएको छ । मंगलबार राती सर्पले टोकेको रहेछ ।’

    महिनावारी भएपछि अनिता ४ दिनदेखि गाईभैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्। अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत रहेको वडाध्यक्ष चन्दले जानकारी दिए । कर्णालीसहितका विकट पहाडी जिल्लामा छाउपडी प्रथा सामाजिक संस्कार ठान्दा अनाहकमा किशोरीले ज्यान गुमाउने गरेका छन् ।


    तेस्रो आँखा