• ट्रेण्डिङ्ग :
जङ्गलमा च्याउ टिप्न गएका युवक मृत फेला

जङ्गलमा च्याउ टिप्न गएका युवक मृत फेला


  • 3.7K
    SHARES
    • श्रावण २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    जङ्गलमा च्याउ टिप्न गएका युवक मृत फेला

    सुर्खेत २५ साउन/ वीरेन्द्रनगरमा एक सडक मजदुर मृत फेला परेका छन् । मृत फेला पर्नेमा बाँकेको जानकी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका–६ मंगलगढीमा सडकको काम गर्ने अन्दाजी १९ वर्षीय विष्णु रैदास रहेका छन् ।

    images

    उनी बुधबार आफूसँगै काम गर्ने अन्य ८ जना साथीहरूसँग च्याउ टिप्न भनी जङ्गल गएका थिए । वीरेन्द्रनगर नगरपालिका–२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    यद्यपि प्रहरी घटना स्थलमा पुग्दा उनीसँगै गएका अन्य साथीहरू घटनास्थलमै रहेका थिए । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा