ऐतिहासिक हापुरे बजार ब्यबस्थित गर्न डीपीआर हुने

ऐतिहासिक हापुरे बजार ब्यबस्थित गर्न डीपीआर हुने


  • 8.9K
    SHARES
    • श्रावण २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 13.7K Views

    ऐतिहासिक हापुरे बजार ब्यबस्थित गर्न डीपीआर हुने

    देउखुरी, २५ साउन/ दाङको ऐतिहासिक हापुरे बजारको बस्ति विकास तथा शहरीकरण गरिने भएको छ । त्यसकालागि लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री धनबहादुर मास्कीले हापुरे बजार एतिहासिक रहेकाले त्यहाको ब्यबस्थित शहरीकरण आबयक रहेको बताए ।

    images

    त्यसकालागि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको उनको भनाई छ । हापुरेमा शान्ति वार्ता समेत भएको हो । वार्ता भएपछि त्यो बजारका राष्ट्रिय रुपमा चर्चा हुने गर्छ । त्यस्तै दाङ–सुर्खेत सडक खण्डको एउटा केन्द्रका रुपमा समेत हापुरे बजारलाई लिइएको छ । 

    त्यस्तै दाङको घोराही बजारमा इन्टरलकिङ ब्लक छाप्ने ढुंगा प्रयोग गरि सडक तथा फुटपाथ निर्माण गर्नकालागि ५० लाख, तुलसीपुर १४ बबई पारी बस्ति विकासकालािग ५५ लाख ९० हजार, तुलसीपुरको ९, ६ र ५ नम्बर वडामा शहरी पूर्वाधार निर्माणकालागि ९ करोड, अध्यययनबाट प्राप्त दाङ जिल्लाको एक नमुना बस्तिको एर्र्कीकृत शहरी पूर्वाधार विकासकालागि ५० लाख बजेट बिनियोजन भएको छ ।


    तेस्रो आँखा