अवैधर रूपमा अमेरिका पु र्‍ याईएका काष्ठकलाका सम्पदा नेपाल फिर्ता

अवैधर रूपमा अमेरिका पु र्‍ याईएका काष्ठकलाका सम्पदा नेपाल फिर्ता


  • 2.8K
    SHARES
    • श्रावण २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    अवैधर रूपमा अमेरिका पु र्‍ याईएका काष्ठकलाका सम्पदा नेपाल फिर्ता

    वासिङ्टन डिसी । अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ ।

    images

    अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो ।

    वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याइपुर्याएका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन (सिविपी)ले बरामद गरेको हो ।

    उक्त सामग्री गत मे महिनाको ११ तारिखमा वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो ।

    दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल गरेकामा अमेरिकी सरकारी निकायप्रति हार्दिक आभार प्रकट गरेको छ ।

    सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका ४७ सामग्री नेपाल फिर्ता पठाइसकिएको छ ।

    कतार एयरवेजको कार्गोको सहयोगमा नेपाल पुर्याउन लागिएका ती सामग्री शनिबार काठमाडौँ पुग्ने दूतावासले जनाएको छ ।


    तेस्रो आँखा