तुलसीपुर, २६ साउन । उच्च अदालत तुलसीपुरका कामु मुख्यन्यायाधीश डाक्टर रत्न बहादुर बागचनले परपरागत रुपमा गरिने न्याय सम्पादनको प्रक्रियालाई थप आधुनिकरण गर्नुपर्ने बताएका छन् ।
उच्च अदालत बार एकाई तुलसीपुरको सातौ साधारणसभा तथा चौथो अधिबेशन उदघाटन समारोहमा बोल्दै कामु मुख्यन्यायाधीश डाक्टर बागचनले साईबर अपराधका घटना व्यापक रुपमा न्यायलय आउने गरेको बताए । साईबर क्राइम अपराधका बारेमा प्रबिधिको जानकारी बार र बेन्चमा हुनै पर्ने बताए ।कार्यक्रममा वरिष्ठ अधिबक्ता बिष्णुमणी धितालले कानुन ब्यवसायीले पेशागत रुपमा इमान्दारिता देखाउनु पर्नेमा जोड दिए । तर केही कानुन ब्यवसायीले आचारसंहितालाई पालाना नगर्दा सेवाग्राहीले हेर्ने दृष्टिकोण कम्जोर हुँदै गएको उनको भनाई छ ।
उच्च अदालत तुलसीपुरका रजिस्ट्रार याम बहादुर बुढा र उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता मोहन सागर बस्यालले दक्ष कानुनी ब्यवसायी उत्पादन हुनसके न्याय सम्पादनमा विश्वास बढ्ने बताए । राम्रो क्षमताको कानुन ब्यवसायी नै उच्च र सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्ति हुने कानुनी ब्यवस्था रहेको जानकारी उनीहरूले जानकारी गराए ।
सो अवसरमा कानुन ब्यवसायी मोहन प्रसाद धिताल र अधिकारकर्मी एवम् पत्रकार सुशील बस्नेतले न्यायलय प्रतिको जनविश्वास बढाउन बार र बेन्चले इमानदारीता देखाउनु पर्नेमा जोड दिए । बार एकाईका अध्यक्ष पुष्कर बहादुर भण्डारीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा सचिव मधुसूदन गौतमले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उदघाट्न समारोहमा उपाध्यक्ष सुनिल धितालले स्वागत मन्तब्य र सहजीकरण सचिब मधुसूदन गौतमले गरेका थिए । अधिवेशनले २ बर्षे कार्यकालका लागि ११ सदस्यीय कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक मोहन धितालले जानकारी गराएका थिए । उच्च अदालत बार एकाईमा १ महिला सहित ३२ जना कानुनी ब्यवसायी आवद्ध रहेका छ्न ।
