एकैपटक ३८७१ सशस्त्र जवानको सहायक हवलदारमा बढुवा

एकैपटक ३८७१ सशस्त्र जवानको सहायक हवलदारमा बढुवा


  • 3.0K
    SHARES
    • श्रावण २७, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    एकैपटक ३८७१ सशस्त्र जवानको सहायक हवलदारमा बढुवा

    काठमाडौँ, २७ साउन । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवलदारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवलदार पदका लागि ३ हजार ८ सय ७१ जनाको सिफारिस गरेको हो ।

    images

    सशस्त्रका अनुसार सिफारिस भएका ३८७१ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ । 

    यसपटकको बढुवा सम्भवतः एपीएफकै इतिहासमा एकैपटक सबैभन्दा धेरै बढुवा भएको हो ।


    तेस्रो आँखा