डुबेर बेपत्ता भएका किशोर ३ दिनपछि मृत फेला

डुबेर बेपत्ता भएका किशोर ३ दिनपछि मृत फेला


  • 4.2K
    SHARES
    • श्रावण २७, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    डुबेर बेपत्ता भएका किशोर ३ दिनपछि मृत फेला

    बाँके, २७ साउन । बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन् । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पिविसी इँटाभट्टा नजिक नालामा शुक्रबार राति सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

    images

    जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार खोलामा बाढी आएको समयमा पौडी खेल्दा बेपत्ता भएका थिए । लगातारको बर्सातले बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा बग्ने जेठी नाला, किरण नाला र पेडारी नालामा बाढी आएको छ ।

    बर्सातमा बाढी आउने खोला नाला, पोखरी, पानी जमेको ठाँउमा दुर्घटना हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।


    तेस्रो आँखा