सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक पनि रिहा

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक पनि रिहा


  • 4.2K
    SHARES
    • श्रावण २७, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक पनि रिहा

    काठमाडौं, २७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन जान लाग्दा सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई पनि रिहा गरिएको छ। ली जियालिङ र लिउ फुयान नाम गरेका चिनियाँ नागरिकलाई शुक्रबार बिहान ९ बजेतिर हिमालयन एयरको जहाजबाट चीन जान लाग्दा राजश्व अनुसन्धान विभागको आग्रहअनुसार अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सीआईबीलाई बुझाएको थियो।

    images

    तर उक्त प्रकरणमा उनीहरूको संलग्नता नदेखिएकाले आज बिहान ११ बजेतिर उनीहरूलाई छाडिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए। ‘जुन घटनाका लागि उनीहरूलाई पक्राउ गरिएको थियो, त्यसमा उनीहरूको संलग्नता देखिएन’, डीआईजी कडायतले भने, ‘उनीहरूलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिएकाले रिहा गरिएको हो।’

    सोही प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अदुकियालाई पनि आजै बिहान छाडिएको छ। 


    तेस्रो आँखा