मुग्लिन–नारायणगढ सडक
पहिरोको जोखिम कायमै, अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोको जोखिम कायमै, अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह


  • 3.5K
    SHARES
    • श्रावण २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    पहिरोको जोखिम कायमै, अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

    काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा वर्षा भइरहेको छ । पहिरोको जोखिम पनि कायमै रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    images

    अहिले सो सडकखण्डमा सवारीसाधन नियमित रूपमा सञ्चालनमा छन् । कार्यालयले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।

    "मुग्लिन-नारायणगढ सडक : यातायात संचालनमा रहेको जानकारी गराउँछौं । वर्षा भइरहेको छ पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ,"  कार्यालयले आइतबार बिहान जारी गरेको सूचनामा उल्लेख छ । पहिरो खसेर सडकखण्ड अवरुद्ध हुँदै आइरहेको छ ।


    तेस्रो आँखा