- तेस्रो आँखा डेस्क
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणमा जाने तयारीमा छन् ।
देउवा पुस २५ देखि २७ गतेसम्म तीन दिने भारत भ्रमणमा जाने तयारी गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा पुस २६ देखि २८ सम्म हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन जान लागेका हुन् ।
देउवा प्रधानमन्त्री भएपिछ दोस्रो पटक विदेश भ्रमणमा जान लागेका हुन् । यस अघि गत कार्तिकमा देउवा बेलायतको ग्लास्गो सहरमा भएको जलवायू परिवर्तन सम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गएका थिए ।
