नारायणी नदीको खतरा अझै कायमै, जल सतह सतर्कता तहमाथि

नारायणी नदीको खतरा अझै कायमै, जल सतह सतर्कता तहमाथि


  • 2.2K
    SHARES
    • श्रावण २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.3K Views

    नारायणी नदीको खतरा अझै कायमै, जल सतह सतर्कता तहमाथि

    भरतपुर । नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ । देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ । नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा  वर्षा भइरहेको जनाइएको छ ।

    images

    नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ । रासस 


    तेस्रो आँखा