• ट्रेण्डिङ्ग :
जङ्गली च्याउ खाँदा दाङमा एकै घरका तीनजना बिरामी

जङ्गली च्याउ खाँदा दाङमा एकै घरका तीनजना बिरामी


  • 3.4K
    SHARES
    • श्रावण ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    जङ्गली च्याउ खाँदा दाङमा एकै घरका तीनजना बिरामी

    दाङ ३० साउन/ दाङमा जङ्गली च्याउ खाँदा एकै घरका तीनजना बिरामी परेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका तिनजना बिरामी परेका हुन् ।

    images

    च्याउ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मैकुटीमा बस्तै आएका ३१ वर्षका अजय सुनार , २७ वर्षिया ईश्वरी सुनार र उनीहरूका ११ वर्षकी छोरी अस्मिता सुनार जङ्गली च्याउ खाँदा बिरामी परेका हुन् ।

    बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा रहेको भित्ताला भन्ने जङ्गलबाट खोजेर ल्याएको नचिनेको च्याउ खाँदा उहाँहरू बिरामी परेका हुन् । बिरामी परेकाहरूलाई वान्ता हुने,चक्कर लाग्ने र पखाला लाग्ने भएको छ । बिरामीहरूलाई बंगलाचुली अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लगि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ । उनीहरूले जङ्गली च्याउ २८ गते साँझ खाएका थिए ।


    तेस्रो आँखा