• ट्रेण्डिङ्ग :
बाँके कारागारमा आँखा पाक्ने प्रकोप

बाँके कारागारमा आँखा पाक्ने प्रकोप


  • 3.4K
    SHARES
    • श्रावण ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    बाँके कारागारमा आँखा पाक्ने प्रकोप

    बाँके ३१ साउन/ बाँके कारागारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको प्रकोप देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसिएसन र नेपालगञ्ज उच्च बार एसोसिएसनले कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेका हुन् ।

    images

    कारागारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निःशुल्क औषधि वितरण गरिएको फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमेर सादिकले बताए । उनका अनुसार अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राखिएकाले पनि आँखा पाक्ने रोग फैलिएको बताइएको छ ।

    जिल्ला अदालत बाँकेका न्यायाधीश धनसिंह महराले कैदीबन्दीहरुलाई औषधि हस्तान्तरण गरेर आँखा उपचार शिविरको उद्घाटन गएका थिए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कैदीबन्दीका लागि निःशुल्क उपचार शिविर राखेर सराहनीय काम गरेको बताए ।

    यसअघि केही दिन पहिले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरूको पनि निःशुल्क आँखा परीक्षण गरेर औषधि वितरण गरिएको थियो ।


    तेस्रो आँखा