अस्पताल सम्म पुगेकै थिएनन् भगौडा कैदी

अस्पताल सम्म पुगेकै थिएनन् भगौडा कैदी


  • 6.8K
    SHARES
    • पौष १०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    अस्पताल सम्म पुगेकै थिएनन् भगौडा कैदी

    तेस्रो आँखा 
    दाङ,पुस १० ।  घोराही कारागारबाट भागेका कैदी अस्पताल सम्म नपुगेको तथ्य फेला परेको छ । प्रहरीले घटना सम्बन्धमा गरेको अहिले सम्मको अनुसन्धानका क्रममा भागेका कैदी यमराज परियार अस्पताल सम्म नपुगेर बिचबाटो बाटै भागेको देखिएको हो । उनी छालाको उपचार गर्न भन्दै कारागारबाट निस्कीएका थिए । उनलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि भन्दै लगिएको थियो ।

    images

    तर उनि अस्पताल सम्म नपुगेरै बाटोबाटै भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए । ‘त्यो मान्छे अस्पताल सम्म पुगेकै छैन,’ काफ्लेले भने ‘बिचबाटो बाटै भागेको देखिन्छ ।’ उनका अनुसार ति कैदीसंगै एकजना प्रहरी जवान घोराही स्थित एक होटेलमा खाजा खान बसेका थिए । त्यहि होटेलबाटै ति कैदी भागेको प्रहरीले आशंका गरेको छ । 
    यसैविच कैदीले लगेर भागेको प्रहरीको मोटरसाईकल भने प्रहरीले फेला पारेको छ । लमही घोराही सडक खण्डको मसोट नजिकै जंगलमा मोटरसाईकल फेला परेको एसपी काफ्लेले जानकारी दिए ।     


    तेस्रो आँखा