सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो

सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो


  • 8.5K
    SHARES
    • पौष १०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो

    काठमाडौं, १० पुस । सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलसँगै मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित  गर्दै एएफसी कपमा  छनोटको सम्भावना बलियो बनाएको छ ।

    images

    शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा इन्जुरी समयमा सुनिलको निर्णायक  गोलसँगै मछिन्द्रले महत्त्वपूर्ण ३ अंक जोडेको हो । 

    जितसँगै मछिन्द्र ६ खेलबाट १४ अंक  बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । यता, पहिलो हार ब्यहोरेको मनाङको समान खेलबाट  १३ अंक छ । र दोस्रो स्थानमा छ । 

    अब मनाङले सातौं चरणमा ब्रीगेड ब्वाइज क्लब र मछिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।  

    सातौ चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कपका लागि छनोट हुनेछ ।