खोप लगाएकाहरूमा देखियो ओमिक्रोन

खोप लगाएकाहरूमा देखियो ओमिक्रोन


  • 5.9K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    खोप लगाएकाहरूमा देखियो ओमिक्रोन

    नयाँ दिल्ली, ११ पुस । भारतमा कोभिडनको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४ सय २२ पुगेको छ। संक्रमितमध्ये सवैभन्दा बढी महाराष्ट्रका छन्। सकारले कोभिडविरुद्ध अग्रमोर्चामा खटिएका र ६० वर्षमाथिका बृद्धबृद्धालाई बुस्टर डोज दिने तयारी गरेको छ। 

    images

    महाराष्ट्रमा १ सय ८ जनामा नयाँ भेरियन्ट देखिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन्। त्यस्तै, दिल्ली र गुज्रातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन देखिएको छ। दक्षिणी तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन देखिएको छ।  

    ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिड खोप लगाएको बताइएको छ।         

  • सम्बन्धित विषय:

  • # omicron
  • # ओमीक्राेन

  • तेस्रो आँखा