• ट्रेण्डिङ्ग :
माओवादी महाधिवेशनमा राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै हाँसे

माओवादी महाधिवेशनमा राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै हाँसे


  • 5.9K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    माओवादी महाधिवेशनमा राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै हाँसे

    काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही । 

    images

    उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु ।

    सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् ।  

    शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी  थिइन् ।

     


    तेस्रो आँखा