रोक्का जग्गा फुकुवाको विषयमा राप्ती गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा अर्थमन्त्रीसँग छलफल 

रोक्का जग्गा फुकुवाको विषयमा राप्ती गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा अर्थमन्त्रीसँग छलफल 


  • 11.5K
    SHARES
    • भाद्र १५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 17.6K Views

    रोक्का जग्गा फुकुवाको विषयमा राप्ती गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा अर्थमन्त्रीसँग छलफल 

    दाङ १५ भदौ/ लामो समयदेखि लुम्बिनी प्रदेश राजधानी स्थल राप्ती उपत्यका दाङको रोक्का जग्गा फुकुवा नभए पछि शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरीले प्रदेश सरकारका अर्थमन्त्री तथा जग्गा फुकुवा कार्यदलका संयोजक धनबहादुर मास्कीलाई भेटेर छलपल गरेका छन् ।

    images

    मन्त्रालय गेटबाटै पालिकाको कामकाज शुरु गर्ने जनाउ पाएपछि मन्त्री मास्कीले अध्यक्ष विष्ट र उपाध्यक्ष चौधरीलाई मन्त्रालयमै भेट गर्न बोलाएका थिए । भेटमा अर्थमन्त्री मास्कीले राजधानी व्यवस्थापन र भविष्यमा बन्ने सुन्दर शहर निर्माण गर्ने कार्यमा कुनै असर नपुग्ने गरि विधि र प्रक्रिया पुर्याएर आफू र प्रदेश सरकार जग्गा फुकुवा गर्ने पक्षमै रहेको बताए  ।

    यो विषय सार्वजनिक विषय भएकोले सर्वदलीय बैठक बसी निर्णय गर्नु पर्ने उनको भनाइ छ । हामी जग्गा फुकुवा गर्ने पक्षमै छौ- मन्त्री मास्कीले भने, आज सर्वदलीय बैठक बसेर एउटा ठोस निर्णय गर्ने भनेर बैठक बस्नका लागि पत्राचार समेत भइ सकेको थियो तर विपक्ष पार्टीको भोली देखि बुटवलमा प्रदेश स्तरीय कार्यक्रम भएकाले बैठक बस्न सकेन ।

    मन्त्री मास्कीले केही दिनभित्रै सर्वदलीय बैठक बसी जग्गा फुकुवा गर्ने विषयमा निर्णय गरी यसै महिना भित्रै जग्गा फुकुवा गरिने बताए । त्यस्तै उक्त भेट्मा मन्त्री मास्कीले पालिका अध्यक्ष विष्टलाई राजधानी ब्यबस्थापन कार्यमा स्थानीय सरकारले प्रदेश सरकारलाई पुर्ण रुपमा सहयोग गर्न आग्रह गर्नुरे ।

     लामो समयदेखि जग्गा रोक्का हुदा यस क्षेत्रका नागरिकहरु निकै मर्का परेको भन्दै  अध्यक्ष विष्टले तत्काल जग्गा फुकुवा गर्न मन्त्री मास्कीलाई आग्रह गरे । उता रोक्का जग्गा तत्काल फुकुवा गर्न माग गर्दै यस क्षेत्रका नागरिकहरुले सङ्घर्ष समितिनै गठन गरि चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका छन्।


    तेस्रो आँखा