• ट्रेण्डिङ्ग :
सत्तापक्षीय गठबन्धनलाई थप मजवुत बनाऔं : राजमो उपाध्यक्ष पौडेल 

सत्तापक्षीय गठबन्धनलाई थप मजवुत बनाऔं : राजमो उपाध्यक्ष पौडेल 


  • 5.9K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    सत्तापक्षीय गठबन्धनलाई थप मजवुत बनाऔं : राजमो उपाध्यक्ष पौडेल 
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, ११ पुस । राष्ट्रिय जनमोर्चा नेपालका (राजमो) उपाध्यक्ष दुर्गा पौडेलले लोकतन्त्रमाथि भैरहेको हमला अन्त्यका लागि दलहरुबीच दृढ एकता आवश्यक रहेको बताएकी छन् ।

    images

    प्रतिगमन विरुद्ध दलीय गठबन्धनले उच्च काम गरेको भन्दै यो गठबन्धनलाई अगाडिसम्म बढाउनुपर्ने बताइन । माओवादीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले देखिएको प्रतिगनमको खतरालाई सानो मान्न नहुने बताइन । यसर्थ कुनै एक दलले मात्रै यो प्रतिगमन विरुद्ध लड्न नसक्ने बताइन ।

    प्रतिगमन बिरोधीहरु एक नभए दलहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताइन ।  यसर्थ प्रतिगमन बिरोधी दलहरुबीचको एकता अझ मजबुत बन्नुपर्ने उनको भनाइ छ ।

    राजनीतिक दलहरुकाबीचमा विवाद भएपनि राष्ट्रियताका सवालमा दलीय प्राथमिकता हुन नहुने उनकाे भनाइ छ । 'राष्ट्रियताका सवालमा सबै एक ठाउँमा उभिनुपर्छ,' उनले भनिन् माओवादीको महाधिवेशनले लिने निर्णय राष्ट्रियताको सवालमा ठूलो सहयोग पुग्नेछ । यसैगरि उनले सत्तापक्षीय दलहरुको गठबन्धन आजको आवश्यक्ता रहेको उनको भनाईछ ।


    तेस्रो आँखा