काठमाडौं, ११ पुस । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सवाललाई सम्बोधन नगरे मुलुकमा राष्ट्रिय एकता नहुने बताएका छन् ।
माओवादीको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले हरेक जातजातीको पहिचान, समावेशीतालाई सम्बोधन गर्न सबै दलहरु गम्भिर बन्नु पर्ने बताए । विगतका प्रधानमन्त्रीले गरेको गल्तीलाई गनेर मात्रै समस्याको समाधान नहुने बताए । ति विगतका गल्तीलाई सुधार्नुपर्ने र त्यसको अनुभुती जनताले गर्न पाउनु पर्ने बताए ।
संविधानलाई दीपावली गर्नेहरुको मात्रै हैन, कालो दिनका रुपमा मनाउने असन्तुष्टहरुको पनि संविधान बन्नु पर्ने बताए । उनले संविधान शंशोधन गरेर साझा संविधान बनाउनु पर्ने बताए ।
यसैगरि उनले संसद अवरोध गरेर केहि प्राप्त नहुने बताए । माधव कुमार नेपालका कारण संसद विघटन गरेको भनेर भनिएको भन्दै उनले यस्तो हठ त्याग्नु पर्ने बताए ।
