• ट्रेण्डिङ्ग :
नेप्से ७१ दशमलव २० अंकले बढ्यो

नेप्से ७१ दशमलव २० अंकले बढ्यो


  • 7.6K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    नेप्से ७१ दशमलव २० अंकले बढ्यो

    काठमाडौं, ११ पुस । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१ दशमलव २० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

    images

    आज कोरोबार रकममा पनि बढेको छ । दुई सय ३१ कम्पनीको पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३२ करोड सात लाखभन्दा बढीको कारोबार भएको छ ।  

    नेप्सेका अनुसार आज २९ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसअन्तर्गत १५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेका छन् । 

    यस्तैगरी, आज सबैभन्दा बढी गिरावट आउनेमा गोर्खाज फाइनान्स रहेको छ । आज फाइनान्सको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।   


    तेस्रो आँखा