- तेस्रो आँखा डेस्क
काठमाडौं, ११ पुस । नेकपा एमालेका महासविच शंकर पोख्रेलले बामपन्थी आनदोलन सही बाटोमा नहिँडेको बताएका छन् । माओवादी केन्द्रको ८ औँ महाधिवेशनलाई सम्बोधन गर्दै पोख्रेलले लक्ष एकातिर रहेको तर आन्दोलन अर्को बाटोमा रहेको बताए ।
नेताहरुको कलहका कारण नीति बनाउने परिपाटी बामपन्थी दलहरुमा रहेको भन्दै यसले सिंगो बाम आन्दोलनलाई फरक बाटोमा पुर्याएको बताए । यही परिपाटीकै कारण नेताहरुका बिचमा अहिले बोलचाल नै बन्द भएको समेत बताए ।
उनले माओवादी र एमालेको एकता स्वार्थमा अल्झिएका कारण भंग भएको बताए । यो एकता मुलुकको हितका निम्ती सही भएको भए पनि तोडिनु ज्यादै दुखद भएको बताए । यसैगरि उनले राष्ट्रियताका सवालमा दलहरु विभाजित हुन नहुने बताए ।
