एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै

एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै


  • 3.9K
    SHARES
    • भाद्र १९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.0K Views

    एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै

    काठमाडौं । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि आज विहानदेखि मतदान हुँदैछ । शनिवारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान मंगलबार विहानलाई सारिएको थियो ।

    images

    मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार केही बेरमा मतदान सुरू हुँदैछ । एमालेमा लुम्बिनी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी मैदानमा छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।

    मुख्य निर्वाचन अधिकृत भण्डारीका अनुसार २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माको उम्मेदवारी परेको छ भने सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन् । 

    उपसचिव खुलामा उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारू चौधरी, पूर्ण बुढामगर र हिरा एसीबीच प्रतिस्पर्धा छ । यस्तै महिला उपसचिवमा आरती पौडेल, वसन्ती अधिकारी र लीला रानामगरको उम्मेदवारी परेको छ ।


    तेस्रो आँखा