• ट्रेण्डिङ्ग :
वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा

वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा


  • 6.4K
    SHARES
    • भाद्र २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 9.9K Views

    वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाअध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जलि अर्पण गर्न उहाँको पार्थिक शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।

    images

    सभागृह पुगेर रिजालको पार्थिक शरीरमा प्रमुख बालेन्द्र साहले काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै उपप्रमुख सुनीता डङ्गोलसहित अन्य व्यक्तिहरुले पनि रिजालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

    उहाँको  पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलिका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ ।

    रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।


    तेस्रो आँखा