• ट्रेण्डिङ्ग :
शान्तिप्रक्रिया अझै पुरा भएको छैन :  नेता श्रेष्ठ

शान्तिप्रक्रिया अझै पुरा भएको छैन :  नेता श्रेष्ठ


  • 6.7K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    शान्तिप्रक्रिया अझै पुरा भएको छैन :  नेता श्रेष्ठ
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी राष्ट्रियताको पक्षमा कसैसँग नझुक्ने बताएका छन्।

    images

    पार्टीको ८औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा र संस्थागत सुदृढीकरण गर्दै लोकतन्त्रालाई पनि अझै विकसित गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताए । उनले  आन्तरिक लोकतन्त्रबाहेक बाह्य शक्तिसँग पार्टी नझुक्ने बताए। 

    शान्तिप्रक्रिया अझै पुरा भएको छैन उनले भने सेना समायोजन र परिवर्तनको प्रक्रियालाई संस्थागत गर्ने गरी संविधान निर्माण गरे पनि संक्रमणकालीन न्यायका कामहरु पुरा गर्न सकिएको छैन । यो काम पुरा नभएसम्म शान्तिप्रक्रिया पुरा हुदैन ।  

    त्यस्तै अब समाजवादी नेपालको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउदै उनले त्यसका लागि आफ्नो पार्टी लागि पर्ने बताए । नेपाली जनताको अपेक्षा र नेपालको आवश्यक्ता पुरा नभएको उनको भनाइ छ ।  

    जनताको अपेक्षा र देशको आवश्यक्ता पुरा नहुनुमा हामी कसले कहाँ गल्ती ग¥यौं त्यो आफैले बुझेर आत्मआलोचना गरेर अघि बढ्नु पर्ने उनको भनाइ छ । उनले राजनीतिक पार्टी र नेताहरु बदलिउन भन्ने नेपाली जनताको आवश्यक्ता भएको बताए। 

    समाजवादको आधार तयार गर्ने कुरामा गम्भिरता देखाउनु पर्ने उनको भनाइ छ। नेपालमा संघीयता, धर्मनिरपेक्षाता र गणतन्त्र सबै एजेण्डा माओवादी केन्द्रको भएको उनको भनाइ छ। सबै नमिलेको भए समाजवाद उन्मुख गणतन्त्रअघि बढ्न सक्थेन तर, यी सबै विषयमा अग्रणी भूमिका खेलेको पार्टी नेकपा माओवादी केन्द्र हो, उनले भने।

    निर्वाचनसम्म गठबन्धन रही रहने उनको भनाइ छ । 


    तेस्रो आँखा