रेडियो संकेतले भाद्र २९ गते प्रतियोगितात्मक तिज कार्यक्रम गर्ने

रेडियो संकेतले भाद्र २९ गते प्रतियोगितात्मक तिज कार्यक्रम गर्ने


  • 4.3K
    SHARES
    • भाद्र २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    रेडियो संकेतले भाद्र २९ गते प्रतियोगितात्मक तिज कार्यक्रम गर्ने

    गैंडाकोट, भदौ २१ । नेपाली नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा रेडियो संकेत ९३ मेघाहर्जले यो वर्ष पनि बृहत तिज गित प्रतियोगिता २०८० कार्यक्रम गर्ने भएको छ । नवलपुर जिल्लाभर बाटै सहभागिता आव्हान गर्दै भदौ २९ गते कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

    images

    कला संस्कृति लाई संरक्षण गर्दै वषौं देखि गर्दै आएको प्रतियोगिता लाई निरन्तरता दिदै यस वर्ष पनि तिज गित प्रतियोगिता २०८० कार्यक्रम गर्न लागिएको रेडियो संकेतका स्टेशन म्यानेजर सुजन अधिकारीले जानकारी दिएका छन ।

    IMG-20230907-WA0000.jpg

    राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा हुने प्रतियोगितामा प्रथम हुनेलाई १५,००० हजार , द्धितियलाई १०,००० हजार , तृतिय हुनेलाई ५,००० हजार र सान्त्वना ३००० नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

    राष्ट्रिय तथा स्थानीय कलाकार हरुको प्रस्तुति रहने कार्यक्रममा नवलपुर भरका संघ,सस्था,कलेज महिला समुह हरुले सहभागिता जनाउन सक्ने कार्यक्रमको बिषय वस्तु खुल्ला रहेको र प्रतियोगी समुहमा सात जना देखि दस जनाको रहनु पर्ने र प्रतियोगितामा सहभागी हुन ईच्छुक समुहले भाद्र २८ गते सम्म आफ्नो समूहको दर्ता गरिसक्नुपर्ने कार्यक्रम सह आयोजक मनकामना आमा समूह अध्यक्ष बिष्णु अर्यालले जानकारी दिएकी छन् ।


    तेस्रो आँखा