• ट्रेण्डिङ्ग :
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम


  • 3.0K
    SHARES
    • भाद्र २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    यस्तो छ आजको मौसम

    काठमाडौँ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

    images

    देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

    साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    तेस्रो आँखा