गैंडाकोट, भदौ २६ । वडा महिला संजाल गैंडाकोट ४ द्वारा आयोजित "स्वास्थ र शिक्षामा महिलाको भुमिका" बिषयक तिज गित प्रतियोगिता मंगलवार नव निर्मित वडा परिषरमा सम्पन्न भएको छ ।
वडा संजालले गरेको प्रतियोगितात्मक कार्यक्रममा गैंडाकोट नगरपालिकाकि उप मेयर शान्ति कोइराला प्रमुख अतिथि रहेकी थिइन् । कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो मन्तव्यमा महिलाले भोग्दै आएका हिंसा, शोषण र विभेदबाट उन्मुक्ति प्राप्त गर्नका लागि सर्व प्रथम स्वास्थ र शिक्षामा महिलाको पहुँच सुनिश्चित गरिनु पर्नेमा जोड दिदै संजालले स्वास्थ र शिक्षामा महिलाको भुमिका शिर्षक दिई महिलाहरू लाई आफ्नो सिर्जनात्मक कला सक्तीको बिकास गराउन सफल भएको बताइन । कार्यक्रममा विशेष अतिथी वडा नम्बर ४ का अध्यक्ष तेज प्रसाद घिमिरे, जय श्री सामुदायिक बनका अध्यक्ष टोल नाथ घिमिरे लगाएत कृष्ण नेउपाने, कमला तिवारी, इन्दु घिमिरे, अमर बिरही गुरुङ, हरि तिवारी लगाएतको उपस्थिति रहेको थियो ।

वडा भित्र रहेका कुल १२ महिला समुहको सहभागिता रहेको कार्यक्रममा प्रथम भुपु सैनिक महिला समूह, दोश्रो अग्रसर महिला समुह, तेस्रो जन कल्याण आमा समुह, सान्त्वना सिर्जनशिल महिला समुह र सिर्जनसिल महिला समूहले उत्कृष्ट नृत्यमा समेत पुरस्कार जित्न सफल भएको थियो ।तिज गित प्रतियोगितामा प्रथम हुने समुहले नगद १० हजार र प्रमाण पत्र, दोस्रो हुने समुहले नगद ५ हजार र प्रमाण पत्र, तेस्रो हुने समुहले नगद ३ हजार र प्रमाण पत्र र सान्त्वना हुने समुहले नगद २ हजार र प्रमाण पत्र र उत्कृष्ट नृत्य प्रदर्शन गर्नेलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम मा उपस्थित सम्पुर्ण लाई वडा संजालको तर्फबाट मुना घिमिरेले स्वागत गरेको कार्यक्रम संजाल अध्यक्ष अनिता घिमिरे काफ्लेको सभापतित्वमा भएको थियो । कार्यक्रमलाई संजाल सचिब शोभा घिमिरेले सहजीकरण गरेकी थिइन ।

