काठमाडौँ । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन लागेको प्रतिबन्ध तत्काल नहट्ने भएकोछ। विभिन्न देशहरूबाट घरेलु महिला श्रमिक पठाउन दबाब आइरहेको छ। तर, ती देशमाउनीहरूको सुरक्षा ग्यारेन्टी गर्न नसकिने निष्कर्षसहित प्रतिबन्ध तत्काल नहटाउन नसकिने निष्कर्षनिकालेको हो।
तत्कालीन समयमा संसदीय समितिले नै नेपाली श्रमिकलाई घरेलु कामदारको रूपमा पठाउन रोकलगाउन निर्देशन दिएको थियो। सोही आधारमा सरकारले प्रतिबन्ध लगाएको थियो। कुवेत, ओमान, बहराइन र साउदी अरबमा घरेलु कामदार पठाउन नसकिने निष्कर्ष निकालेको हो।
ती बाहेकका देशमा भने नेपालले राखेको सर्त तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कामदारकोसुरक्षा ग्यारेन्टी गर्न सकिने प्रतिबद्धता आएको खण्डमा पठाउन सकिने गरी सरकार लचिलो बनेकोहो। काठमाडौँ भएको दुई दिने छलफलमा विभिन्न देशका राजदूतहरूले घरेलु श्रमिक पठाउन नहुनेधारणा राखेका थिए। सोही आधारमा सरकार तत्काल प्रतिबन्ध हटाउन नहुने निष्कर्षमा पुगेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रोतकाअनुसार उनीहरूले नेपालले राखेको सर्तमानेको खण्डमा मात्र घरेलु श्रमिक पठाउन सकिने भएको हो। ती चार देशमा भने तत्कालकोसमयमा पठाउन नहुने निर्णय गरिएको ती अधिकारीले बताए।
