दाङ २८ भदौ/ नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निति पदयात्रा कार्यक्रम ‘ह्वाकथुन’सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको राप्ती उपत्यका पाखापानीमा बसेको बैठकले प्रदेशका १२ वटै जिल्लामा ‘ह्वाकथुन’ कार्यक्रम सञ्चालन गर्ने निणर्य गरेको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिहं पुनको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसका सह–महामन्त्री एवं पुर्व मन्त्री महेन्द्र यादव माथी मिति २०८० भदौ २० गते भएको अपराधिक प्रवृतिका व्यक्तीबाट ज्यानै मार्ने गरि गरिएको आक्रमण प्रति घोर भत्सना गर्दै अपराधिक क्रियाकलापमा संलग्न व्यक्तीलाई कानुन बमोजिम कडा भन्दा कडा सजाय दिन नेपाल सरकारलाई अनुरोध गर्ने निणर्य गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशका जनताका जनजिविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्तदुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनितिक दलसगं समन्वय गर्दै संघियतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघिय सरकारलाई नेपालको संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिन अनुरोध गरेको छ ।
हाल मन्त्रालय थप्ने सम्बन्धी छलफल चलिरहेको हुदाँ अहिलेको अवस्थामा मन्त्रालय थप गर्दा आर्थिक भार हुन जाने र जनता बिचमा नकरात्मक असर पर्ने हुदाँ भैरहेको मन्त्रालय नबढाई यथास्थितीमा सरकारलाई पुर्णता दिन प्रदेश सरकारका मुख्यमन्त्रीलाई निर्देशन गर्ने र कांग्रेस केन्द्रिय कार्यसमितिलाई अनुरोध गर्ने निणर्य गरिएको नेपाली कांग्रेस लुम्बिनीका मुख्य सचिव मोहन राज शर्माले जानकारी दिए ।
उनका अनुसार संविधान सभाका अध्यक्ष एवं पुर्व सभामुख मा।सुवासचन्द्र नेम्वाङ्को भदौ २६ गते,नेपाली कांग्रेस रोल्पा क्षेत्र नं। १ का क्षेत्रिय सहसचिव हरिबहादुर राणाको साउन ९ गते,रोल्पा रुण्टीगढी गाउँपालिका वडा नं। ४ का अध्यक्ष टंक बहादुर पुनको असार २७ गते गुल्मी मुसीकोट नगरपालिका वडा नं। १ का वडाध्यक्ष मोहन घिमिरेको भदौ २ गते,दाङ साविक बेला गाविसका सभापति एवं राजपुर गाउँपालिका अध्यक्ष सरद कुमार बुढाथोकीका पिता रामबहादुर बुढाथोकीको भदौ ८ गते भएको दुख्द निधन प्रति भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निणर्य गरिएको छ ।

