तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा 

तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा 


  • 7.5K
    SHARES
    • भाद्र २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 11.5K Views

    तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा 

    दाङ २९ भदौ/ तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । असोज १ गते परेको हरितालिका तीजको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । अधिकृत माधव शर्माले सूचना जारी गरि यस्तो जानकारी दिनुभयो । संघीय सरकारले तीजको अवसरमा महिलालाई मात्रै विदा दिएको अबस्थामा प्रदेशले सार्वजनिक विदा नै दिएको हो ।

    images

    त्यस्तै लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन विदा दिने निणर्य गरेको हो । थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त विदा दिएको हो ।


    तेस्रो आँखा