• ट्रेण्डिङ्ग :
बिपी साहित्य महोत्सव समापन भोलि

बिपी साहित्य महोत्सव समापन भोलि


  • 3.0K
    SHARES
    • आश्विन २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    बिपी साहित्य महोत्सव समापन भोलि

    ललितपुर ।  संविधान सभाका अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित बिपी साहित्य महोत्सवको समापन असोज ३ गते हुने भएको छ । 

    images

    नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘बिपी साहित्य महोत्सव’ को समापन असोज ३ गते हुने भएको हो । 

    कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भदौ २४ गते सुरु भई दुई दिन सञ्चालनपछि महोत्सव स्थगित भएको थियो । उहाँले तेस्रो एवं अन्तिम दिनको कार्यक्रम संविधान दिवसका अवसरमा असोज ३ गते बिहान १०:३० देखि बेलुका ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा हुने बताउनुभयो ।

    उहाँका अनुसार बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटो शीर्षकमा विमर्श हुने छ । 


    तेस्रो आँखा