दाङ, ८ असोज । सल्यान कपुरकोटदेखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप कपुरकोट–३ चोरखोला नजिक सेतापैरामा दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
आज (सोमबार) बिहान करिब सवा ६ बजे तिर अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। मृत्यु भएका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
