राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना

 राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना


  • 5.3K
    SHARES
    • आश्विन ८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 8.1K Views

     राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना

    जनकपुर/ राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् ।

    images

    राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन तथा पूजा गरेका हुन् । यस विषयमा आलोचना भएको छ । आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    सोही कार्यक्रममा उनलाई जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दन गर्ने तय भएको छ । राष्ट्रपति जनपुरधाम आएपछि सुरक्षाव्यवस्था कडा पारिएको छ ।


    तेस्रो आँखा