कैदी फरार प्रकरण : जेलर, प्रहरी सहायक निरिक्षक र प्रहरी हवल्दार पक्राउ 

कैदी फरार प्रकरण : जेलर, प्रहरी सहायक निरिक्षक र प्रहरी हवल्दार पक्राउ 


  • 6.1K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    कैदी फरार प्रकरण : जेलर, प्रहरी सहायक निरिक्षक र प्रहरी हवल्दार पक्राउ 
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, १२ पुस । कैदी भागेको घटनामा जेलर र प्रहरी हवल्दारको समेत संलग्नता देखिएपछि प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको छ ।

    images

    जेलर युवराज परियार, प्रहरी ईन्चार्ज, प्रहरी  सहायक निरिक्षक रुद्रबहादुर सेन र प्रहरी हवल्दार गणेश बहादुर थारुलाई पक्राउ गरिएको घोराही कारागारका जेलर अमरबहादुर ओलीले जानकारी दिए ।

    केहीबेर अघि मात्रै उनीहरुलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको ओलीले जानकारी दिए । परियारलाई जेलरबाट मुक्त गरि जिल्ला प्रशासन कार्यालयमा तानिएपछि ओलीलाई नयाँ जेलरका रुपमा घोराही कारागारामा खटाईएको छ ।

    जेलर ओलीका अनुसार कैदी भगाउने कार्यमा पहिलाका जेलर परियार अनि प्रहरी ईन्चार्ज र हवल्दारको समेत संलग्नता देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।


    तेस्रो आँखा