• ट्रेण्डिङ्ग :
अन्तर्जातीय विवाहकै कारण तीनको हत्या, एक वर्षमा ३६ घटना आयोगमा दर्ता

अन्तर्जातीय विवाहकै कारण तीनको हत्या, एक वर्षमा ३६ घटना आयोगमा दर्ता


  • 10.0K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    अन्तर्जातीय विवाहकै कारण तीनको हत्या, एक वर्षमा ३६ घटना आयोगमा दर्ता

    काठमाडौं, १२ पुस । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७७/०७८ मा जातिय विभेदका ३६ घटना दर्ताभएको जनाएको      छ । आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलित पुरुषभन्दा महिलाहरू बढीमात्रामा प्रभावित भएका छन् ।

    images

    त्यसमा जातीय भेदभावकै कारण भएका हत्यामा दलित महिला बढी देखिएको छ । जातीय भेदभाव तथा छुवाछूत, कुटपीट र मृत्यु, कुटपीट तथा बलात्कार, अन्तर्जातीय विवाह प्रेम र मृत्यु, अन्तर्जातीय विवाह प्रेम, हत्या र जातीय भेदभाव लगायतका प्रकृतिका ३६ वटा घटना मध्ये १९ वटा घटनामा दलित महिला पीडित छन् । जुन ५२ दशमत ७७ प्रतिशत हो । 

    दलित पुरूष १७ वटा घटनामा पीडित भएका छन । जुन ५२ दशमल ७७ प्रतिशत हो ।  आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय दलित आयोगमा जम्मा ३६ वटा उजुरी परेका थिए । त्यसमा जातिय भेदभाव तथा छुवाछुत पुुरुषमा ४ महिलामा  ६ गरि १० घटना दर्ता भएका छन् । त्यस्तै, कुटपीट र मृत्यु पुरुषमा १, महिला १ गरि दुई जनाका रहेको छ । कुटपीटका घटना ४ पुरुष र २ महिलाले घटना दर्ता गराएका छन् । 

    त्यस्तै, बलात्कार र मृत्यु महिलाको सख्या १ को घटना दर्ता भएको छ । बलात्कारको एक घटना दर्ता भएको छ । त्यस्तै, अन्तर्जातीय विवाह, प्रेम र मृत्यु पुरुष २  महिला १ घटना दर्ता भएको छ । अन्तर्जातीय विवाह ३ वटा घटना दर्ता भएको छ । आयोगका अनुसार हत्या २ पुरुष र ३ महिलागरि ६ हत्याका घटना दर्ताभएका  छन् । अन्य प्रकृतिका ६ घटना दर्ता भएका  हुन ।

    २०७६/ ०७७ मा २५ वटा उजुरी दर्ता भएका छन् । दलित पुरुषभन्दा दलित महिलाबढी पीडित भएका छन् । उजुरीको प्रकृति अनुसार सबैभन्दा बढी जातीय भेदभाव तथा अपमान ३२, जातीय विभेद तथा कुटपीट २८ उजुरी परेका छन् ।  त्यस्तै, अन्तर्जातीय प्रेम तथा विवाहका कारण हत्या १६, दलितको अधिकार सम्बन्धमा १२, सामाजिक विभेद, बलात्कार र हत्या सम्बन्धमा आठ र बसोबास लागिबस्ती खतरामा रहेको सम्बन्धी चार प्रतिशत उजुरी परेका थिए । राष्ट्रिय दलित आयोगमा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/ ०८७ मा जात भेदभावको घटनाको उजुरी संख्या बढेको छ । 

    तर, आयोगले अहिलेसम्म कुनै पनि घटनालाई गम्भीरताका साथमा हेरेको पाइदैन । घटना दर्ताको अबस्था हेर्दा आयोगले सामान्य खोजविन गरेपनि दोशीलाई कारबाही गर्न सकेको छैन । आयोगका अध्यक्ष देवराज विश्वकर्माले लामो समय आयोगका पदाधिकारी नियुक्त नभएकाले घटना दर्ताका विषयमा गम्भीर हुन नसकिएको बताए । आयोग लामो समय पदाधिकारीविहिन   छ । 

  • सम्बन्धित विषय:

  • # आयोग

  • तेस्रो आँखा
    लेखकबाट थप