जुद्ध सालिकबाट हिँडेरै वसन्तपुर पुगे राष्ट्रपतिसहित भिभिआइपीहरू 

जुद्ध सालिकबाट हिँडेरै वसन्तपुर पुगे राष्ट्रपतिसहित भिभिआइपीहरू 


  • 4.3K
    SHARES
    • आश्विन ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    जुद्ध सालिकबाट हिँडेरै वसन्तपुर पुगे राष्ट्रपतिसहित भिभिआइपीहरू 

    काठमाडौं ११ असोज/ राष्ट्रपति रामचन्द्र पौडेलसहित सबै भिभिआइपीहरू इन्द्रजात्राको अवसरमा जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् । ईन्द्रजात्रा हेर्न जुद्धशम्शेरको शालिकदेखि उनीहरू बसन्तपुरसम्म हिँडेर गएका हुन् ।

    images

    सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न पुगेका हुन् । उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन् ।

    जुद्ध सालिकबाट वसन्तपुर–हनुमानढोका क्षेत्रमा सार्वजनिक सवारीसाधन लैजान सामान्यतया रोक लगाइएको छ । यो क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हो ।


    तेस्रो आँखा