• ट्रेण्डिङ्ग :
भारी वर्षाको सम्भावना टर्दै

भारी वर्षाको सम्भावना टर्दै


  • 4.7K
    SHARES
    • आश्विन १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.3K Views

    भारी वर्षाको सम्भावना टर्दै

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राति  भने कोशी र मधेस प्रदेश सहित देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    तेस्रो आँखा