एकै पटक सातसय बढि धार्मिक पर्यटक पोखरामा

एकै पटक सातसय बढि धार्मिक पर्यटक पोखरामा


  • 4.3K
    SHARES
    • आश्विन १३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    एकै पटक सातसय बढि धार्मिक पर्यटक पोखरामा

    पोखरा/ १३ दिन नेपाल भ्रमणमा आएको भारतको धार्मिक पर्यटकको जम्बो टोलीले शनिवार पोखराको तालवराही मन्दिरमा दर्शन गरेका छन् । केही दिन अघि नेपाल आएको ७ सय ३० भारतीय धार्मिक पर्यटकको टोलीले शनिवार पोखराको लेकसाइड, फेवाताल सहित तालवाराही मन्दिरमा समेत दर्शन गरेका हुन । 

    images

    नेपालका धार्मिक तीर्थस्थलमा दर्शनको लागि एकै पटक यति ठुलो सङ्ख्यामा पोखरा सहित यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्न टोली आएको पोखराका एक होटल व्यवसायी अर्जुन खनालले बताए ।

    होटल सञ्चालक खनालले पोखरामा ठुलो सङ्ख्यामा पर्यटक भित्राउन विगत ४ महिना अघि देखिको तयारीमा उक्त टोलीलाई पोखरामा करिब ४ दिनको बसाइको व्यवस्था मिलाइएको बताए । 

    आइतबार उक्त टोली ५४ जना हवाई मार्ग हुँदै र अन्य करिब एक सय वटा स्कोरपियो गाडीमा मुक्तिनाथ प्रस्थान गर्ने भएको छ । भारतका मात्र नभई मूल घर भारत घर भई पेसा र व्यवसायको दृष्टिले विश्वका विभिन्न मुलुकमा रहेका तिर्थालुहरू धार्मिक पर्यटन प्रबद्र्धनमा निस्केका हुन । 


    तेस्रो आँखा