• ट्रेण्डिङ्ग :
दाङ उवासंघ : एक उपाध्यक्ष बाहेक गठबन्धन प्यानल विजयी

दाङ उवासंघ : एक उपाध्यक्ष बाहेक गठबन्धन प्यानल विजयी


  • 8.6K
    SHARES
    • आश्विन १४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 13.2K Views

    दाङ उवासंघ : एक उपाध्यक्ष बाहेक गठबन्धन प्यानल विजयी

    तुलसीपुर १४, असोज । दाङ उद्योग वाणिज्य सघंको अध्यक्षमा गठबन्धन प्यानलका बसन्त जोशी निर्वाचित भएका छन् । उनी साझा समावेशी प्यानलका राम प्रसाद पोख्रेललाई ४ सय ३५ मतान्तरले पराजित गरि संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    जोशीले १ हजार ३ सय ४५ मत पाउँदा पोख्रेलले ९ सय १० मत मात्र प्राप्त गरे । शनिवार दाङको घोराहीमा सम्पन्न उद्योग वाणिज्य सघंको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानल र साझा समावेशी प्यानल गरि दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । उक्त निर्वाचनमा १ उपाध्यक्ष बाहेक बसन्त जोशी नेतृत्वको प्यानलै निर्वाचित भएको छ ।

    त्यस्तै वाणिज्य सघंको वरिष्ठ उपाध्यक्षमा संयुक्त व्यावसायिक प्यानलका नरेश कुमार श्रेष्ठ निर्वाचित भएका छन । उनले १ हजार ३ सय ६१ मत प्राप्त गरे भने निकट्तम प्रतिद्वन्द्वी साझा समावेशी प्यानलका ८ सय ४२ मत प्राप्त गरे । उद्योग उपाध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलका ध्रुव कुमार गहत्तराज १ हजार १ सय २६ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी संयुक्त व्यवसायीक प्यानलका भरतप्रसाद रेग्मीले १ हजार ७० मत प्राप्त गरे ।

    बाणिज्य उपाध्यक्ष संयुक्त व्यावसायिक प्यानलका मालिलाराम खड्काले १ हजार १ सय ५२ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी राजभक्त रानाले १ हजार २० मत प्राप्त गरे । त्यस्तै वाणिज्य सघंको महासचिवमा महेन्द्र बुढाथोकीले १हजार २ सय ३६ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी शालिक खनालले ९५४ मत प्राप्त गरे । सचिबमा विकास वलीले १हजार ८४ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिद्वन्द्वी भिमसेन डाँगीले १ हजार ८० मत प्राप्त गरे ।

    त्यस्तै कोषाध्यक्षमा जगत आचार्य १ हजार २ सय ३ मत प्राप्त गरि निर्वाचित भए । उनका निकट्तम प्रतिद्वन्द्वी प्रेम बहादुर बुढाले ९ सय ६८ मत मात्र प्राप्त गरे । सहकोषाध्यक्ष १ हजार ३सय २९ मत प्राप्त गरि माधब खनाल निर्वाचित भए । उनका निकट्तम प्रतिद्वन्द्वी यादव बहादुर श्रेष्ठले ७ सय ७८ मत प्राप्त गरे ।

    त्यस्तै उद्योग सदस्यमा बिक्रम राना १ हजार २ सय ७ मत लिई निर्वाचित भए भने उनका प्रतिस्पर्धी सन्तोष नेपालीले ७३४ मत प्राप्त गरे । महिला सदस्यमा लिला नेपाली १ हजार ११ मत लिई निर्वाचित भइन । उनका निकट्तम प्रतिद्वन्द्वी देबकला बस्नेतले ९५५ मत प्राप्त गरिन ।

    बाणिज्य सदस्यहरुमा रुद्र बहादुर जैसीले १ हजार १ सय ४२, दिपक पण्डितले १ हजार २ सय २५,निम बहादुर बुढाथोकीले १ हजार १ सय २०, युवराज पन्तले १ हजार १ सय २०, राम प्रसाद पोख्रेलले १ हजार ३ सय ४०, पुष्कर राज न्यौपानेले १हजार ६३, नोर्वु तामाङले १हजार ३ सय ६ र सुरज बुढाथोकीले १ हजार १ सय ५८ मत प्राप्त गरी निर्वाचित भएका छन ।

    दाङ जिल्ला उद्योग वाणिज्य सघंमा कुल ३ हजार ३ सय ५८ मतदाता संख्या रहेकोमा २ हजार ३ सय ५७ मत खसेको थियो ।


    तेस्रो आँखा