• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्प प्रभावित क्षेत्र बझाङ जाने


  • 3.0K
    SHARES
    • आश्विन १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

    काठमाडौं, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ ।

    images

    प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो । आज बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।

    बैठकमा उनले एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए । ‘‘परिगद्को अध्यक्षको नाताले पनि र प्रधानमन्त्रीको नताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्छौं,’ उनले भने ।

    मंगलबार दिउँसो ३स् ०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।


    तेस्रो आँखा