सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो


  • 7.3K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

    काठमाडौं, १३ पुस । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो।

    images

    आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

    मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ।

    सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ।


    तेस्रो आँखा